बिर्तामोड । झापामा पहिलो पटक संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोग सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेशसभा सचिवालयको सहयोगमा तथा नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वयमा शनिवार अन्तरक्रिया सम्पन्न भएको हो ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका सभामूख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष लुइँटेलले पारेको कार्यक्रममा प्रमुख अतिथि बिष्ट, नेपाली कांग्रेसका सचेतक गोपाल तामाङ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संसदीय पत्रकार मञ्च कोशी प्रदेशका सचिव सुमन सुस्केराले गरेका थिए । कार्यक्रममा संसदीय रिपोर्टिङका बिषयमा मञ्चका सल्लाहकार विवेक गौतम र प्रेस संयोजक बिक्रम लुइँटेलले सहजीकरण डिजिटल मिडिया, सूचनाका बारेमा प्रस्तुती गरेका थिए ।























































