चारआली । गयराति परेको अविरल वर्षापछि सडकको भेल पस्दा झापाको मेचीनगर-१३ चारआलीस्थित लक्की डिपार्टमेन्ट स्टोर एक करोडबढीको क्षति भएको जनाएको छ।
इलामरोडबाट बगेको सडकको पानीले निकास नपाउँदा छेउमा रहेको अण्डग्राउन्ड डिपार्टमेन्टभित्र पस्दा उक्त मूल्य बराबरको सामग्रीमा क्षति पुगेको हो ।
सडकको बेल पसेर झन्डै डेढ फुट पानीले भरिएको थियो । पानीले चलिरहेका पसलमा प्रयोग हुने ६ वटा फ्रिज, इन्भटर, कम्प्युटर, ल्यापटप र पसलमा स्टोर गरेको विभिन्न एक सय २५ किसिममा ब्राण्ड पानीले प्रयोगमा नआउने अवस्थामा पुगेको लक्की डिपार्टमेन्ट स्टोरका सञ्चालक स्मारक आचीयले जानकारी दिए ।
उनले चारआली चेकको आर्यन प्लाजाको पहिलो अण्डरग्रान्डमा ४ वर्षयता एकै छानाभित्र सबै किसिमका सामान पाउने व्यवस्थासहित लक्की डिपार्टमेन्ट स्टोरको नाममा ब्यवसाय सुरु गरेका हुन्।
उनका अनुसार खाध्यान्नका सामान, इलेक्ट्रोनिक सामान, खेलौनाका सामान, श्रृंगारका सामान, किचनका इलेक्ट्रोनिक तथा भाडा वतन, खेल तथा स्पोटसका सामान, डिजाइनका सामानसहित एक करोडबढीको क्षति भएको जनाएको छ।























































