मेचीनगर । करिव एक वर्षमा मेचीनगरमा रहेको मानव सेवा आश्रममा १० जना आश्रितहरुको निधन भएको छ । शारीरिक र मानसिक रुपमा अस्वस्थ्य अबस्थामा रहेका सडक बृद्धबृद्धाहरुालई उद्धार गरी ल्याइने गरेकोमा शरीरिक रुपमा अशक्त भएका वृद्धवृद्धाहरुको निधन भएको हो । शारीरिक र मानसिक रुपमा अस्वस्थ्य अबस्थामा रहेका सडक मानवहरुलाई उद्धार गरी ल्याइने गरेका कारण मृत्यु हुनेहरुको संख्या बढेको आश्रमले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका (२ मा भेटिएका अपरिचित वतन नखुलेका बर्ष ६५ का बृद्धको निधल भएको छ । वृद्धलाई उद्धार गरी मानव सेवा आश्रममा राखिएको थियो । बुधबार दिउँसो आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको हो । अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएको छ ।
आमडाँगीमा कार्यालय खोलेर मानव सेवा आश्रम झापा शाखाले गत वर्षको असारदेखि सेवा दिन थालेको हो । तर मंसिर २३ गते औपचारिक उद्घाटन भएको मावन आश्रममा एक महिलासहित १० जना आश्रितहरुको निधन भएको आश्रमले जनाएको छ । शारीरिक र मानसिक रुपमा कमजोर अबस्थामा उद्धार गरेर ल्याइएका आश्रितहरुलाई सेवाको क्रममा उपचार गर्दागर्दै पनि बचाउन नसकिएको आश्रमकी कर्मचारी गंगा थापाले जानकारी दिइन्।
हालसम्म सो आश्रमबाट १०३ जनाले सेवा लिएका छन् । नेपाल र भारत घर भएका गरि २४ जनाको पारिवारिक पुनर्मिलन भएको उनले बताइन् । त्यस्तै आफ्नो इच्छाले १४ जना घर गएका छन् भने एकजनाको स्थानान्तरण भएको छ । हाल आश्रममा ५७ जनाले आश्रय लिइरहेका छन् ।






















































