चारआली । झापाको मेचीनगर–११ र १२ मा पर्ने कालिका सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएको छ । दुवै प्यानलबाट अध्यक्षसहितमा पदाधिकारी, सदस्य तथा लेखा समितिका संयोजक, सदस्यहरु चुनावी मैदानमा उत्रिएर उपभोक्ता मतदाताहरुसँग भोट माग्दै घरदैलो अभियानमा जुटेका हुन् ।
दुवै प्यानलले सहरेडाँगीपूर्व धुलाबारी पश्चिमसम्म आआफ्नो नाम र पदसहितको परिचय कार्ड छातीमा बोकेर उपभोक्तामाझ मत माग्न चुनावी घरदैलो अभियानमा लागेका छन् । अभियानको क्रममा दुवै प्यानलले आआफ्नो उम्मेदवारहरुको जीत सुनिश्चित हुने कारणसहित जवाफ दिँदै आएका छन् । वन समितिमा स्थानीय राजनीतिक दलमा आबद्ध व्यक्तिले समितिको पद हत्याउने होडबाजी जस्तै देखिएको छ ।
जस अन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका पार्टीको साझा समूहको अध्यक्षमा वीरबहादुर तामाङ (ज्ञानु) चुनावी मैदानमा उत्रेका छन् । उनी धेरैवटा संघसंस्थामा आबद्ध छन् ।निर्वाचनमा जानुपुर्व सहमतिको प्रक्रिया पनि नभएको होइन । सहमतिमा समस्या आएपछि चुनावमै जाने निर्णय भएको थियो । अब कालिका बनमा कसलाई बिश्वास गर्लान् उपभोक्ताले भन्ने खुल्दुली बढेको छ । दुबै प्यानललाई नेतृत्व हात पार्न साम दाम र समय मिलाएर मैदानमा होमिएका छन् ।
जस अन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका पार्टीको साझा समूहको अध्यक्षमा वीरबहादुर तामाङ (ज्ञानु) चुनावी मैदानमा उत्रेका छन् । उनी धेरैवटा संघसंस्थामा आबद्ध छन् ।निर्वाचनमा जानुपुर्व सहमतिको प्रक्रिया पनि नभएको होइन । सहमतिमा समस्या आएपछि चुनावमै जाने निर्णय भएको थियो । अब कालिका बनमा कसलाई बिश्वास गर्लान् उपभोक्ताले भन्ने खुल्दुली बढेको छ । दुबै प्यानललाई नेतृत्व हात पार्न साम दाम र समय मिलाएर मैदानमा होमिएका छन् ।साझा समूहबाट उपाध्यक्षमा लीला मावो लिम्बु, सचिवमा बालिका न्यौपाने (लम्साल), सहसचिवमा हरिकुमार पाठक र कोषाध्यक्षमा साउन मेचे (बादल) को उम्मेदवारी रहेको छ । त्यस्तै लेखा समितिको संयोजकमा कविलाल मेचे, महिला सदस्य मैया आचार्य र खुल्ला सदस्यमा बुद्धिलाल मेचेको उम्मेदवारी रहेको निर्वाचन परिचालन समितिका संयोजक शान्तिराम चिमरियाले जानकारी दिए ।

यता, नेकपा एमाले र राष्ट्रिय प्र्रजातन्त्र पार्टीले लोकतान्त्रिक प्रगतिशील प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । लोकतान्त्रिक प्रगतिशील प्यानलबाट अध्यक्ष पदमा खेमराज राई मैदानमा उत्रेका छन् । राई कालिका वनका परिकल्पनाकार रहेको जनाइएको छ । उनी स्थानीय संघसंस्थामा पनि आबद्ध रहेका छन् ।त्यसैगरी, उपाध्यक्षमा सृष्टि मेचे, सचिवमा खगमाया शिवाकोटी, सहसचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा सन्दिप तिम्सिना, महिला सदस्यमा भावना सापकोटा र खुल्ला सदस्यमा डिल्लीराम अधिकारी चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । लेखा समिति संयोजकमा भवानीशंकर पौडेल र सदस्यहरुमा कल्पना विष्ट र इन्द्रकमार खतिवडाको उम्मेदवारी रहेको निर्वाचन परिचालन समितिका संयोजक सागर ओलीले जानकारी दिए ।भदौ २१ गते मेचीनगर ११ स्थित बलभद्र जनता माविमा हुने निर्वाचनमा २ हजार १५० जना उपभोक्ताले मतदान गर्ने जनाइएको छ ।






















































