झापा । नेपाल ख्रीष्टियन जागृति सेवा संघले नुवाकोटका बाढीपीडित परिवारका लागि ३ लाख रुपैयाँ बराबरको जिन्सी राहत सामग्री उपलब्ध गराउने भएको छ।

बाढी तथा विपद्बाट प्रभावित  बनेका नुवाकोटका करिव ६० परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले संघले Bhote Koshi Relief Fund मार्फत राहत सामग्री उपलब्ध गराउन लागेको हो।

संघले ३२ वटा चर्चबाट प्रती चर्च पाँच हजार संकलनपछि स्वच्छाले प्रदान गरेको अन्य रकम गरी तिन लाख मूल्य बराबर सामग्री सहयोग गर्ने भएको हो ।

राहत सामग्री बाढीपीडितका लागि ब्ल्याकेट, हिटर तथा  दैनिक उपभोग्य तथा अन्य अत्यावश्यक सामग्री बितरण गरिने नेपाल ख्रीष्टियन जागृति सेवा संघका अध्यक्ष विरध्वज गजमेरले जानकारी दिए । उनका अनुसार संघले विपद्को समयमा प्रभावित परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले राहत अभियान सञ्चालन गरेको हो।