एजेन्सी । जलबायु परिवर्तनका कारण मानिसको मस्तिष्क लगातार साँघुरिंदै गईरहेको खुलासा भएको छ। क्यालिफोर्नियास्थित नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले गरेको सोधमा यो तथ्य सार्वजनिक भएको हो।
पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँगै बदलिएको मानिसको शरीरसम्बन्धी रेकर्ड अनुसार मानिसको मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष शोधकर्ताले निकालेका छन् ।
अध्ययनबाट मस्तिष्क खुम्चिँदै जाँदा मानिसको व्यवहारमा पनि असर परिरहेको उल्लेख छ । सोधकर्ताले अध्ययनका क्रममा मोर्गनले नमूनाको रुपमा २ सय ९८ वटा मानव मस्तिष्कको आकारको नापजाँच अध्ययन गरेका थिए ।
ती मस्तिष्कका विभिन्न ३७३ वटा मापन लिइएको थियो । मस्तिष्कका नमूनाहरुमा ५० हजार वर्ष पुरानादेखि नयाँसम्मका रहेका छन् । अध्ययनका क्रममा जेफले मस्तिष्कका नमूनाहरुलाई १०० वर्ष, पाँच हजार वर्ष, १० हजार वर्ष र १५ हजार तथा त्योभन्दा बढीको वर्गमा बाँडेका थिए ।
मौसमजन्य तथ्यांकहरु युरोपियन प्रोजेक्ट फर आइस कोरिंग इन अन्टार्कटिका डोम सीबाट विश्लेषण गरिएको हो। मानिसको मस्तिष्क साँघुरिने प्रक्रिया पछिल्लो पाँच देखि १७ हजार वर्षको बीचमा सबैभन्दा तीव्र बनेको शोधकर्ताको भनाइ छ । यसको प्रमुख कारण चाहिं विश्वमा बढिरहेको तापमान हो । विश्व उष्णीकरणको दर निरन्तर बढिरहेको छ ।





















































