झापा २१, साउन । नेपाल सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २१ जना चिनियाँ नागरिकलाई देश निकाला गरेको छ। ०८० वैशाखदेखि असारसम्मको अवधिमा उनीहरुलाई निकाला गरिएको हो।
नेपालमा रहेर गैरकानुनी गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरुलाई देश निकाला गरेर पठाइएको अध्यागमन विभाले जनाएको छ। स्रोतको अनुसार नेपालमा रहेका अधिकांश चिनियाँ नागरिक गैरकानुनी गतिविधिमा संलग्न छन्।
यसैगरी, ७ जना अमेरिका, ४ जना यमन, ३ जना बेलायत तथा ३\२ जना दक्षिण कोरिया, पाकिस्तान, रुस, क्यामरुन, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि निष्काशन गरिएको जनाइएको छ।
यस्तै भुटान, घाना, इरान, इटाली, पोर्चुगल, फ्रान्स, सुडान, क्यानडा र जर्मनीका १\१ जना व्यक्तिसहित तीन महिनाभित्र ५५ जना विदेशी नागरिक निष्काशित भएको विभागले जनाएको छ ।





















































