विर्तामोड २६, साउन । झापाको विर्तामोडमा आइटेल कम्पनीका नयाँ मोडलका मोबाइल फोन सार्वजनिक भएका छन् । आइटेल र टेक्नो कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल प्रालि काठमाडौले शुक्रवार बिर्तामोडमा आइटेलका नयाँ मोबाइल सार्वजनिक गरेको हो ।
झापा र इलाका लागि आधिकारिक बिक्रेता न्यू जुनतारा सप्लायर्स बिर्तामोडले आइटेल कम्पनीका नयाँ मोडलका मोवाईल फोन बिक्री शुरु गरेको छ ।
विर्तामोड आज एक कार्यक्रमका बिच मोबाइल एशोसिएसन बिर्तामोडमा अध्यक्ष युवराज निरौला, कम्पनीका एरिया सेल्स मेनेजर माधबप्रसाद सुवेदी, टेक्नोका एरिया सेल्स मेनेजर शिव बस्नेत, टेक्नोका आधिकारिक बिक्रेता तथा डिलर एशोसिएसनका संयोजक राजु सापकोटा, न्यू जुनतारा सप्लायर्सका सञ्चालक ऋषि भण्डारीलगायतले मोवाइल फोनको सार्जजनिक गरेका हुन् ।
कार्यक्रममा कम्पनीका एरिया सेल्स मेनेजर माधबप्रसाद सुवेदीले कम्पनी र उक्त मोबाइलका बिषयमा जानकारी गराएका थिए । उनका अनुसार आइटेलको नयाँ मोडल एस २३ मोबाइलमा १६ जिबी र्याम र १२८ जिबी इन्टरनल मेमोरी तथा ब्याक क्यामेरा ५० मेघा फिक्सेलको छ । जसको मूल्य १५ हजार ८९० रुपैयाँ छ । त्यस्तै अर्को नयाँ मोडल मोवाइल फोन ए ६० एसमा ८ जिवी र्याम र १२८ जिबी मेमोरी रहेको साथै मूल्य १२ हजार ६९० रुपैयाँ छ ।
कार्यक्रममा बोल्दै मोबाइल एशोसिएसन बिर्तामोडमा अध्यक्ष युवराज निरौलाले पछिल्लो समय पुराना मोबाइल फोन बिक्री गर्दा र खरिद गर्दा धेरै समस्या हुने गरेका बताए । उनले आइटेल र टेक्नो कम्पनीले हालसालै बजारमा ल्याएका नयाँ मोडलका सुपथ मूल्य र राम्रा मोबाइल फोनले गर्दा त्यस्तो झन्झट बिक्रीकर्ता र खरिदकर्तालाई नहुने बताए । यस्ता मोबाइले ग्राहकको मन जित्नेमा दुईमत नगरेको उनले विश्वास ब्यक्त गरे ।
स्वागत झापा र इलामका लागि आधिकारिक बिक्रेता न्यू जुनतारा सप्लायर्सका सञ्चालक ऋषि भण्डारीले गरेको कार्यक्रमको सञ्चालन पुष्पा गौतम भण्डारीले गरेकी थिइन् ।























































