विराटनगर २७, साउन । पत्रकार सुशीला पाठकलाई कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा सम्मान गरेको छ । सम्मानित पत्रकार  पाठक मोरङबाट कान्तिपुर टेलिभिजन कार्यरत हुन् ।


कृष्णप्रसाद सिग्देल स्मृति प्रतष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान वितरण कार्यक्रममा कान्तिपुर टेलिभिजनकर्मी सुशिला पाठकलाई नगद २१ हजार एकसय १५ रुपैयाँ राशिको पत्रकारिता पुरस्कार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।IMG_20230812_210010

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दे पाठकलाई सम्मान गरेको आयोजकले जनाएको छ ।


यसैगरी युवा व्यवसायीतर्फ अनमोल प्रधान र महिला उद्यमी प्रतिभा रिजाल ओली सम्मानित भएका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमनत्री भीमप्रसाद आचार्यले सम्मान गरे ।

विराटनगरमा ढुवानी व्यवसायको जग बसाउन सुरु गर्ने सिग्देलको १४ वर्षअघि हृदयघातका कारण निधन भएको थियो । उनले सुरु गरेको स्वस्तिका ढुवानी सेवा अन्तरगत हाल तीन सय मजदुर र कर्मचारी कार्यरत रहेको प्रतिष्ठानका कोषाध्यक्ष एवं स्वर्गीय सिग्देलका छोरा संजीव सिग्देलले जानकारी दिए ।

प्रतिष्ठानले सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी सौगात मल्ललाई १५ हजार एकसय ११ रुपैयाँ राशिको छात्रवृत्ति समेत प्रदान गरेको छ ।