ताप्लेजुङ,२९ साउन । आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्लीकुमार लिम्बु रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आमाको हत्या गरेको भन्ने खबर पाएपछि प्रहरी चौकी सांघुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






















































