प्यूठान : जिल्लाको स्वर्गद्वारीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।
स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङकोट बस्ने हिमबहादुर थापाकी छोरी १७ वर्षीया पुजा थापाको आइतबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो।
घर नजिकै रहेको आफ्नै मकैबारीमा जंगली जनावर धपाउन करेन्टको पासो थाप्न गएकी उनको करेन्ट लागेको हो।
करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट लामाचौर र जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ






















































