झापा ३१ साउन । झापाको मेचीनगरबाट प्रहरीले दुईलाख ७० हजार रुपैयाँ बराबरको सुपारी र ४८ हजार ६०० रुपैयाँ मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ ।
मेचीनगर–१० खयरडाँगीका शेखर खड्काको घरमा सुपारी राखिएको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले ९ बोरा ४५० केजी सुपारी नियन्त्रणमा लिएको हो ।
उक्त सुपारी कसको हो भनेर प्रहरीले घर धनिलाई सोधपुछ गर्दा थाहा नभएको बताएपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी झापा मेचीनगर नगरपालिका-१० स्थित निन्दा पुल नजिकैबाट ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा बुधवार ४८ हजार ६०० रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको साडी ७४ पिस, कुर्ता सुरुवाल २० पिस, सल ४ पिस कपडा प्रहरीले बरामद गरेको हो । नियन्त्रण गरिएको सुपारी र कपडा आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।























































