मेचीनगर । झापाको मेचीनगर-८ मा ४३ बर्षीय पुरूषको बेवारिसे शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ मनियारी टोलका ४३ बर्षीय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो ।
अर्धबैंसे ती पुरुषको शबको प्रकृति हेर्दा हत्या गरेर स्थानीय खोल्सी छेउको झाँडीमा फालेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रिजालले बताए । उनका अनुसार घट्ना किन र कहिले भयो ? भन्ने बारे भने अनुसन्धान भइरहेको छ ।
जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए । शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यद्यपी प्रहरी अनुसन्धान भइरहेकाले अनुसन्धानले नै थप प्रवक्ता रिजालले बताए ।























































