भरतपुरमा २२० र १३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर– बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ ।’

प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय ट्रान्मिस्सन लाइन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको  समेत उल्लेख गरे। 

बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको जानकारी दिए। 

यद्यपि प्रधानमन्त्रीले आफूहरूको जोड बढि भन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्नतर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारेका छन्।