चितवन  । पुलबाट त्रिशूली नदीमा हामफालेका युवकलाई प्रहरीले नदीबाट जिवितै उद्धार गरेको छ।

चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले शुक्रबार उद्धार गरेको हो। प्रहरीले नदीबाट जिवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।