मेचीनगर । झापाको धुलाबारी क्याम्पसले नेपालमा पहिलो पटक इन्जिनियरिङ काउन्सिलबाट पठनपाठन गराउन पाउने सामुदायिक क्याम्पसको सम्बन्धन पाएको छ ।

देशभरमा ५ सय ६३ वटा सामुदायिक क्याम्पसमध्ये  धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको अनुमती पाएको हो ।

IMG_20230906_081101नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति दिएको छ ।

धुलावारी क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयले गत वर्षको चैत १४ गते सम्बन्धन दिइसकेको क्याम्पसले विहान पत्रकार सम्मेलन गरी सम्बन्धन पाएको विषयमा जानकारी दिएको हो ।

IMG_20230906_072550इन्जिनियरिङ काउन्सिलबाट स्नातक तहसम्म पठनपाठन गराउन पाउने अनुमति पाएको क्याम्पस प्रमुख पुष्प पौडेलले जानकारी दिए ।

‘निरन्तरताको प्रयासपछि धुलाबारी क्याम्पसलाई नेपाल इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालय दुबैले सिभिल इन्जिनियरिङ संकायका चार वर्षे स्नातक तहको पठनपाठन गर्न सम्बन्धन दिएका हो । त्यसमा मेचीनगरबासीका लागि खुशीको खबर हो,’ प्रमुख पौडेलले भने ।

उक्त संकायका लागि शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङको स्नातक कक्षा (बीई) को पठनपाठन सुरु गरिने कार्यक्रम निर्देशक रुद्र मैनालीले जानकारी दिए । त्यसका लागि यही असोज ६ भित्र भर्नाका आवेदन लिइने जनाइएको छ । IMG_20230906_081813

काउन्सिलले धुलाबारी क्याम्पसलाई बीई कक्षाका लागि ४८ सिट मात्रै दिइएको र त्यसमध्ये चारवटा सिटमा क्याम्पसले छात्रवृत्ति प्रदान गर्ने भएको छ मैनालीले सम्मेलनमा जानकारी दिए ।

पठनपाठनका लागि उपयुक्त स्थलको रुपमा रहेको धुलाबारी क्याम्प शान्त र सुरक्षित वातावरणमा रहेकाले धुलाबारी क्याम्पसको शैक्षिक वातावरणलाई कोशी प्रदेशकै उत्कृष्ट क्याम्पस भएको क्याम्पसको ठहर छ ।

२०४८ सालमा धुलाबारी गाउँ विकास समितिका शिक्षासेवीहरुले स्थापना गरिएको क्याम्प मेचीनगर-१० स्थित रघुबीरबाडीमा रहेको धुलाबारी क्याम्पस ७ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट हालसम्म १७ वटा क्याम्पसले इन्जिनियरिङ संकायको अनुमति पाएका छन् । 

धुलाबारी क्याम्पस संचालकको निरन्तर र ठूलो मिहेनतले सिभिल इन्जिनियरिङ पढाउने अनुमति पाएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासले बताए ।