बिर्तामोड । बोलेरोको ठक्करबाट झापा कन्काई-३ सुरुङ्गास्थित पारागन एकाडेमीका अध्यक्ष देवराज सुवेदीको  (डिआर सुवेदी ) मृत्यु भएको छ ।

कन्काई नगरपालिका -८ शितल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प १४१७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई- ४ बस्ने ५४ वर्षीय सुवेदी गम्भीर घाईते भएका थिए । 

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव तत्काल सोही अस्पतालमा रहेको,  दुबै सवारीसाधन र बोलेरो चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्चुरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।