चारआली । औँ राष्ट्रिय बाल दिवसको अवसरमा झापाको मेचीनगर-१२ स्थित युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलले विविध कार्यक्रमबीच बाल दिवस र तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।


बिद्यालयमा अध्ययनरत बालबालिकाको क्षमताको बिकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सांस्कृतिक नृत्य, गायन, चित्रकला, कविता वाचन प्रतियोगिता आयोजना गरेको थियोे । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय घोषित बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको बिधालयका प्रिन्सिपल बिष्णुप्रसाद रिमालले जानकारी दिए । 


बिद्यालयका शिक्षिकालाई बोतलमा पानी भर्ने रोमाञ्चक प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्रथम उर्मिला मैनाली, दितीय टीका नेपाल र तृतीय अन्जु सुवेदी घोषित भएका थिए । प्रतियोगीलाई प्रिन्सिपल बिष्णुप्रसाद रिमालले पुरस्कार प्रदान गरेका थिए । स्कुल ब्यवस्थापनले तीन मिलन कार्यक्रम अन्तर्गत शिक्षक-शिक्षिका सामुहिक दर खुवाइएको थियो ।