झापा । झापामा डेंगु सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ । असोज ७ गतेसम्मको तथ्याङ्क अनुसार झापामा डेंगु सङ्क्रमितको सङ्ख्या ३ हजार २ पुगेको हो ।

९ हजार ६३८ जनाको रगत परीक्षण गर्दा त्यति जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जुन करिब ३१ प्रतिशत हो ।

त्यस्तै १५१ जना डेंगु संक्रमित जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । अन्यत्र कम हुँदै गएपनि झापामा डेंगी संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । यस वर्ष डेंगु सङ्क्रमणबाट झापामा ६ जनाको मृत्यु भइसकेको छ ।