काठमाडौं । सदनमा दर्ता गरिएको बिद्यालय शिक्षा विधेयक-२०८० को विरोधमा सडक आन्दोलमा उत्रेका शिक्षक र प्रहरीबीच झडप भएको छ। 

आदोलनरत राहत शिक्षकहरुले निषेधित क्षेत्र प्रवेशको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । झडपका क्रममा केही शिक्षकहरू घाइते भएका बताइएकाे छ। 

सरकार र नेपाल शिक्षक संगठनबीच गत शुक्रबार ६ बुँदे सहमति भएपछि अन्य शिक्षकहरु घर फर्किएपनि राहत शिक्षकहरु भने आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनलाई जारी राखेका छन्। 

आफूहरुका माग सम्बोधन नभएसम्म सडक आन्दोलन जारी राख्ने उनहिरुले चेतावनी दिएका छन्। 

शिक्षकहरूको प्रदर्शनका कारण अहिले माइतीघर बानेश्वर सडकखण्ड अवरुद्ध भएको छ।