झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमान् र श्रीमतीसंगै झुन्डिएकोमा श्रीमतीको मृत्यु भएको छ । श्रीमानको चिन्ताजनक अबस्थामा उपचार भइरहेको छ ।

 बुद्धशान्ति- ४ बस्ने २३ वर्षीय आशिष लोहार र उनकी २२ वर्षीया श्रीमती प्रिया लोहार घरको कैचीमासंगै झुन्डिएका थिए । घरका सदस्यहरुले थाहा पाएर दुवैको पासो काट्दा प्रियाको मृत्यु भइसकेको थियो । आशिषलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटलमा भर्ना गरिएको छ । उनको त्यही उपचार भइरहेको बुद्धशान्ति-४ का वडाध्यक्ष शेरबहादुर रायले बताए ।

उनीहरुका ५ वर्षका छोरी छन् । परिवारसंग छुट्टिएर लोहार दम्पत्ति एकतले मूल घरको बरण्डा कोठामा बस्दै आएका थिए । त्यही कोठामा उनीहरुसंगै झुन्डिएका थिए । उनीहरु झुन्डिनु पर्ने कारणसहित घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए