दैलेख । सुर्खेतको एक बिद्यालयको होस्टेलमा बस्ने बालकले आत्महत्या गरेका छन् ।
दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनि नगरपालिका-१ निवासी राजेन्द्र पुलामीको छोरा ७ वर्षीय सालम पुलामीले होस्टेलभित्रै आत्महत्या गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर-६ स्थित उषा बाल बाटिका विद्यालयमा कक्षा १ मा अध्ययन गर्दै आएका थिए ।
के कारणले ती बालकले आत्महत्या गरेका हुन् सो बारेमा गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।





















































