विराटनगर । सशस्त्र प्रहरीले करिव १ सय २० केजी गाजा बोकेको भारतीय नम्बरको सुमो गाडी र एक थान मोटरसाईकलसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुल नजिकै बराहक्षेक्र जाने सडकखण्डबाट शुत्रबार गाजासहित उनीहरुलाइ नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा भारत घर बताउने ३६ वर्षिय मोहमद सिराज, २० वर्षीय अस्ताजु आलम , १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरी देवनागंज गाउपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षी शिवम साह रहेका छन् ।

बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजादै गरेको गाजासहित उनीहरुलाई नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको मोटरसाईकलले सो गाडीलाई स्कटिङ्ग गरी लैजादै गरेको अवस्थामा नियन्त्रणमा
लिइएको बताइएको छ ।

बरामद गाजा, सुमो गाडी र मोटरसाईकलसहितका मानिसहरुलाइ आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको शशस्त्र प्रहरीले जनाएको छ ।