प्रकाश उप्रेती

झापा । प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जनताको अपेक्षानुसार अपराध नियन्त्रणको कार्यसम्पादन गर्दैआएको बताएका छ्न् । 

पुर्वको काँकडभिट्टा क्षेत्र खुल्ला सिमाना भएका कारण सम्भावना भन्दा चुनौती बढी देखिएको गुनासोलाई सहजीकरण गर्दै प्रहरीले त्यसको प्रकृति अनुसारको कार्यसम्पादनबाटै अपराध नियन्त्रण गर्ने बताएका हुन् । IMG_20231001_165258स्थानीय संघसंस्थाका प्रतिनिधिसम्मिलित अन्तरक्रियामा तस्करी, मानव बेचबिखन, लागुऔषध प्रयोगकर्ता तथा ओसारपसार र सुरक्षामा खटेका नेपाल प्रहरी र ट्राफिक प्रहरीको दरबन्दी थपको ब्यवस्थापनका लागि उठाएका सवालमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले नागरिकसँगै समन्वय गरेर सबै अपराधको नियन्त्रण सम्भब गर्नसकिने धारणासमेत राखेका थिए ।

नागरिकको अपेक्षा संकलन गर्न `नागरिक सुनुवाई कक्ष´ राखिएको हो । सुनुवाइपछि आएको समस्यालाई पुष्टि गर्न प्राविधिको प्रयोग हुन्छ, त्यसको प्रयोगले सत्यतथ्य पहिचान हुने र त्यसले समाजमा सुशासन ल्याउन मद्दत गर्ने भण्डारीको भनाई थियो ।IMG_20231001_134217

उनले १६ देखि २५ वर्षका युवा बढी अपराधमा पुगेको धारणा राख्दै मानव बेचबिखनलाई नियन्त्रण गर्ने बिश्वास दिलाएका थिए ।  कानुन नजानेर र जानेर दुई किसिमले अपराध हुने गरेको जनाउदै भने, `अन्जानलाई कानुनका बारेमा सिकाएर र बुझ्नेलाई चेतावनी दिएर अपराध नियन्त्रण हुनेछ ।´

प्रहरीको अपरेशनपछि २ महिनायता सुनसरी र मोरङमा लागुऔषध शुन्य भएको भनाई थियो ।  लागुऔषध नियन्त्रण गर्दा एकजना सेवनकर्ता खान नपाएर मृत्यु भएको उनले बताए। सुद्धिकरण र सुदृढीकरणले प्रहरीभित्र  समस्या नभएकोसमेत बताए । 

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले खुला सिमानामा अवसरभन्दा चुनौती धेरै देखिएको जनाउँदै तस्कर, लागुऔषध र अपराध नियन्त्रणमा जोखिम देखिएको औंल्याएका थिए । उनले लागुऔषध नियन्त्रणका लागि एक्लो प्रहरीको चेकजाँचबाट सम्भव नहुने बताउँदै सीमा क्षेत्रमा लापसे चेक पोइन्टको खाँचो औंल्याएका थिए ।

खुल्ला सिमानाका कारण भारतको पानीट्याङ्की पुगेर लागुऔषध प्रयोगकर्ताले प्रयोग गरेर आउने गरेकाले थप चुनौती बनेको र त्यसको नियन्त्रणमा प्रहरीले नयाँ रणनीति लागू गर्न मेचीनगर-७ का वडाध्यक्ष प्रल्लाद ओलीले आग्रह गरेका थिए ।

अन्तरक्रियामा प्रहरी नायक निरीक्षक राजेसराज बाँस्तोला, झापाका प्रहरी निरीक्षक दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काकरभिट्टाका डिएसपी दिपक भारतीको सहभागिता रहेको थियो । 

मेचीनगर-६ का अध्यक्ष ललित तामाङ, स्वतन्त्र पार्टीका सुवण भट्टराई, खडानन्द भण्डारी, माइती नेपालका गोबिन्द  घिमिरे, आफन्त नेपालका सरोज गुरुङ, अनिता गुरागाई, ब्यवसायी भुपाल शिवाकोटी, पुनर्स्थापना केन्द्रका भीम लुइँटेलले अन्तरक्रियामा समस्यासहितको धारणा राखेका थिए ।