रुपन्देही । रुपन्देहीमा स्रोत नखुलेको दश लाख भारतीय रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित उनिहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको महाराजगञ्जको सुनौली ग्रामपञ्चायतका ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका छन्।
नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको डीएसपी थापाले बताए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानाकारी दिए।





















































