बाँके । बाँकेको नेपालगञ्जमा बुधबार पनि कर्फ्यू जारी छ। मंगलबारदेखि कर्फ्यू लागेको नेपालगञ्जमा बुधबार स्थिति सामान्य बन्दै गएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले आज बिहानदेखि नेपालगञ्जको स्थिति शान्त र सामान्य बन्दै गएको बताए। 

अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन भएको पनि उनले जानकारी दिए। 

मानिसहरू भीडभाड हुन, जम्मा हुन रोक लगाइएको छ।

‘आज त्यस्तो कुनै स्थिति पनि देखिएको छैन,’ एसपी राठौरले भने ‘नेपालगञ्जवासीले ठूलो सावधानी र संयमता अपनाउनुभएको छ।’

स्थिति सामान्य बन्दै गएको हुँदा परिस्थिति विश्लेषण गरी सुरक्षा समितिको बैठक बसेर कर्फ्यू कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए।  

उनका अनुसार बाँकेको जमुनाहा नाका झन्डै नौ सयको नेपालीहरू रोकिएकाले उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।