काठमाडौं । सुर्खेत जिल्लामा भूकम्पले घर चर्किएपछि भण्डारी गाउँकै लक्ष्मी सार्कीको परिवारको बास पनि अहिले पालमा सरेको छ। 

तरकारी खेती गर्ने टनेलको पालभित्र उनीहरूसहित ८-१० घर परिवार कोचिएर बसेका छन्। "फेरी जमिन हल्लिएला भन्ने डरले चर्केको घरमा फर्कन सकिएको छैन," लक्ष्मी सार्की सुनाउँछिन्। 

घरभित्रको अन्न निकाल्न जान समेत नसकिरहेको उनी बताउँछिन् । त्यसैले अहिले उनको परिवारलाई खान बस्नको निकै नै समस्या छ।

दलित र विपन्न परिवारलाई के खाने, कहाँ बस्ने पिरलो झन् बढ्दा रहेको बताइन्छ।महिला, बालबालिका र वृद्ध वृद्धालाई थप समस्या भएको प्रभावितहरू बताउँछन्।

त्यसैले अहिले उनको परिवारलाई खान बस्नको निकै नै समस्या छ। दलित र विपन्न परिवारलाई के खाने, कहाँ बस्ने पिरलो झन् बढ्दा रहेको बताइन्छ।

महिला, बालबालिका र वृद्ध वृद्धालाई थप समस्या भएको प्रभावितहरू बताउँछन्।

थलारा गाउँपालिका-७ का वडाध्यक्ष कृष्ण सार्की भूकम्प प्रभावितलाई तत्कालका लागि टनेलका पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको बताउँछन्।

भण्डारी गाउँमा १५ घर पूर्ण रूपमा भत्किएका छन् भने झण्डै ३० वटा घर बस्न लायक छैनन्। बाँकी घरहरू समेत चर्किएका छन्।

भूकम्प प्रभावितलाई गाउँपालिकाले समेत सहायता दिए तापनि त्यो पर्याप्त नभएको उनीहरू बताउँछन्।  

धाँजा फाँटेको जमिनमा धेरै दिन बस्ने नसक्ने भएकोले आफूहरूलाई सुरक्षित ठाउँमा सार्न भण्डारी गाउँवासीले सरकारसँग माग गरेका छन्।

सरकारले सुरक्षित ठाउँमा भूकम्प प्रतिरोधी घर बनाउन सघाउनुपर्ने उनीहरूको माग छ। मङ्गलवार दिउँसो गएको भूकम्पले बझाङको भण्डारी गाउँ लगायत पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ।

दिउँसोतिर आएको हुनाले भूकम्पले मानवीय क्षति नगरे तापनि व्यापक रूपमा घरहरू भत्किएका र चर्किएका छन्।

सुदूरपश्चिम प्रहरी कार्यालयका अनुसार भूकम्पबाट अहिलेसम्म २७ जना सर्वसाधारण घाइते भएका छन् भने  टिमुर टिप्न जङ्गल गएका एक जना भने सुख्खा पहिरोमा परेर वेपत्ता छन्।


अधिकारीहरूका अनुसार भूकम्पका कारण ७६ वटा निजी घरहरू पूर्ण रूपमा भत्किएका छन् भने ३०१ वटा घरहरूमा आंशिक क्षति पुगेको छ। प्रहरीले ३२ वटा सरकारी भवनहरूमा समेत क्षति पुगेको जनाएको छ।

भूकम्पले सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडीलगायतका जिल्लाका घरहरूमा धेरै असर पुर्‍याएको बताइएको छ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे भूकम्पबाट क्षति भएका घरहरूको पुनर्निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आग्रह गरिएको बताउँछन्।

उनी भन्छन्: "हाल प्रभावितलाई त्रिपाल उपलब्ध गराएर खुला ठाउँ, सुरक्षित स्थान, सार्वजनिक भवनहरूमा राखिएको छ।"

श्रोत: बिबिसीबाट