मेचीनगर, । कृषि, ब्यापारसहित र अन्तरिक पर्यटन प्रवर्द्धन गर्न धुलाबारी महोत्सवको तयारी   ब्यापार, कला संस्कृति र अन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापको धुलाबारीमा `धुलाबारी महोत्सव २०८०’ को  तयारी गरेको छ ।

झापाको धुलाबारीस्थित मेची चेम्बर अफ कमर्सले २१ दिने महोत्सव लगाउने तयारी गरेको आइतबार आयोजित  पत्रकार जानकारी दिएको छ । IMG_20231008_140425असोज २६ गतेदेखि कात्तिक २१ दिनसम्म संचालन गरिने महोत्सवमा पर्यटन प्रबर्द्धनको माध्यमबाट मेचीनगरको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको संस्थाका महासचिव प्रकाश खड्काले बताए । कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा फुड फेस्टिवल समेत हुनेछ । महोत्सवमा स्थानीय रोलिङ क्लबको विशेष सहयोग रहने बताइएको छ । 

महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । त्यस्तै, प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने कमर्सकी अध्यक्ष रुक्मिणा पोख्रेलले जानकारी दिइन् ।

महासचिव खड्काका अनुसार महोत्सव अवधिभर पाँचवटा स्टलहरु विभिन्न संघसंस्थालाई निःशुल्क उपलब्ध गराइनेछ । धुलाबारीको पुरानो शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको खड्काको भनाइ छ ।

महासचिव खड्काका अनुसार महोत्सव अवधिभर पाँचवटा स्टलहरु विभिन्न संघसंस्थालाई निःशुल्क उपलब्ध गराइनेछ । संस्थाले यसअघि धुलाबारीमा महोत्सवको सम्पन्न गरेको थियोे । उक्त महोत्सव प्रभावकारी नभएको र त्यसको शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको खड्काको भनाई छ ।

महोत्सवमा १० वर्षमुनिका विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए । महोत्सवअन्तर्गत साँझमा हुने कलाकारको प्रस्तुति हेर्न एक सय रुपैयाँ टिकट राखिएको छ ।