मेचीनगर । कृषि, ब्यापारसहित र अन्तरिक पर्यटन प्रवर्द्धन गर्न मेची चेम्बर अफ कमर्सले आयोजना गरेको `धुलाबारी महोत्सव २०८०’ शुक्रबारदेखि सुरु भएको छ ।

मेचीनगर नगरपालिकाका कार्यवाहक मेयर हृदय राजबंशीले महाेत्सवकाे उद्घाटन गरेका थिए । महाेत्सवकाे उद्घाटन अतिथिहरू राेटेपिङमा चढेर गरेका थिए ।

प्रमुख अतिथि कार्यवाहक मेयर राजबंशीले महाेत्सवले संस्थाले मुनाफा कमाउने भन्दा पनि कृषि तथा पर्यटनकाे व्यापारिक प्रर्वधनमा जाेड दिन आग्रह गरे । कार्यक्रममा कार्यवाहक मेयर राजबंशी, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल लगायतले महाेत्सव सफलताकाे शुभकामना मन्तव्य राखेका थिए ।

महाेत्सव कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । महाेत्सवमा कृषि तथा पर्यटनसँग सम्बन्धिका स्टल, राेटेपिङ, बालबालिकाका लागि मनाेरञ्जनका सामाग्रीहरू र राष्ट्रिय तथ स्थानीय कलाकारहरूद्वारा सांस्कृति कार्यक्रम हुने संस्थाका पूर्व अध्यक्ष एवम् महाेत्सव व्यवस्थापन समितिका संयाेजक रविन वस्नेतले बताए ।

महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे वेजाेड प्रस्तुति रहने आयोजकले जनाएकाे छ । आजसाँझ स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने प्रदिप ईन्टरप्राईजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए ।

उनले भाेलि (शनिवार) चर्चित कलाकार रचना रिमालकाे वेजाेड प्रस्तुति रहने बताए । मेची चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रूकमिणा आचार्य पाेखरेलकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे स्वागत उपाध्यक्ष कृष्ण पनेरूले र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।