झापा । आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने भएको छ।

आइतबारदेखि दसैं सुरू भइसक्दा नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिनेछ।

यसपालि दसैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट बनाएको छ।

राष्ट्रबैंकले एकजनाले १८ हजार पाँच सय रूपैयाँ सम्म साँट्न पाउने सुविधा दिएको छ।

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन्।

विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।