बिर्तामोड । टेलरिङ ब्यवसायको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल झापाको बिर्तामोडमा संचालित गोर्खा टेलरिङले आफ्नो ब्यवस्थापनलाई परिवर्तन गरेको छ । गोर्खा टेलरिङले शनिश्चरे रोडदेखि अतिथि सदनलाईनमा ब्यवस्थापन गरेर आइतबार शुभारम्भ गरेको हो ।
अल्लो र खाडी लगायतका कपडा सिलाईमा ब्रान्डको रुपमा परिचय कमाएको गोर्खा टेलरिङले दसैं चाडपर्वलाई लक्षित गरेर सर्वसाधारणलाई १० प्रतिशत छुट दिने ब्यवस्था गरिएको गोर्खा टेलरिङका संचालक बिरु दर्नालले बताए । बिर्तामोडमा बिगत १० वर्षयता नियमित संचालनमा आएको गोर्खा टेलरिङमा बिवाह, पार्टी तथा पुरुष र बालबालिकाका लागि खाडी-अल्लो लगायत सबै कपडाको उत्कृष्ट सिलाई गर्दै आएकोले आफ्नो ब्यवसायले राम्रो ख्याती कमाएको झापा टेलरिङ् ब्यवसायी संघको अध्यक्ष तथा नेपाल टेलरिङ ब्यवसायी महासंघको केन्द्रीय सदस्यसमेत रहेका संचालक दर्नालको भनाई छ ।
गोर्खा टेलरिङ ब्यवसाय गर्नुअघी संचालक दर्नाल ९ वर्षसम्म वैदेशिक रोजगारमा रहेका थिए । त्यसपछि आफ्नो देशमै केही गरेर जीविकोपार्जनसँगै ब्यवसायिक बन्ने इच्छा जागेपछी टेलरिङ ब्यवसाय सुरु गरेको उनको भनाई छ ।
यो ब्यवसायबाट राम्रो दाम र ख्याती कमाएको छु, बिरुले भने,`पहिलेको ठाउँ साघुँराे भएपछि त्यसको ब्यवस्थापनका लागि शनिश्चरे रोडको अतिथिसदन रोडमा सारेको छु । अब नयाँ ढंगले ग्राहकको अपेक्षानुसारको रोजाईका कपडा र उत्कृष्ट सिलाईको सेवा दिने तयारी गरेको छु ।´
शुद्ध खाडीको दौरा र अल्लोको कोटको विशेष ब्रान्ड गरेर ब्यवसाय अघि बढाएको छ । ११ जना कर्मचारीलाई रोजगारी दिएको उनको भनाई छ ।
सामाजिक सेवा
गोर्खा टेलरिङले सामाजिक गतिविधि अन्तर्गत बिपन्न र बयोबृद्दालाई समेत कपडा सिलाएर नि:शुल्क बितरण गर्दै आएको छ ।
साथीभाईसँग सहकार्य गरेर कमजोर आर्थिक अवस्थाका बिपन्न परिवार, अशक्त-अपाङ्ग, बयोबृद्दालाई प्रत्येक वर्षको चाडपर्वमा बितरण गर्दै आएको ब्यवसायी बिरुको भनाई छ । यो सामाजिक काम निरन्तर नै गरेको छु, बिरुले थपे ।
सोही क्रममा गोर्खा टेलरिङ्गले ब्यवसाय शुभारम्भको अवसरमा सोमबार ९९ वर्षीय बयोबृद्दा होमप्रसाद मिश्रलाई कोट नि:शुल्क बितरण गरेको छ । टेलरिङ्गले पत्रकार भेटघाटमा बयोबृद्दा मिश्रलाई सम्मान स्वरुप कोट बितरण गरेको हो ।























































