मेचीनगर । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था पाँच सेवा केन्द्रमध्ये धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको छ ।IMG_20231016_114815सदस्य विस्तार, बचत संकलन, ऋण असुली, कार्य सम्पादन र परिणाममुखी नतिजाका आधारमा धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए ।

सोमवार सदस्य सेवा केन्द्र धुलावारीको इकाइगत साधारण सभाको अवसरमा अध्यक्ष न्यौपानेले उत्कृष्ट सेवा केन्द्रका विषयमा अवगत गराएका हुन् । स्थापनाको छोटो अवधिमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारीमा सदस्यको विश्वास जित्दै गएको छ ।IMG_20231016_120116नाफामुखी भन्दा पनि सदस्यको सुविधामा संस्थाले ध्यान दिँदै आएको संस्थाको भनाई छ । बिर्तामोड नगरपालिका–२ मा १० कठ्ठा जग्गा किनेको शिक्षा बहुउद्देश्यीयले पूर्व प्राथमिक तहको सहकारी विद्यालय सञ्चालन गरिरहेको छ । संस्थाको शेयर पूँजी ३ करोड ४९ लाख ८१ हजार रुपैयाँ छ ।

संस्थाले सदस्यहरुलाई मृत्यु राहत संस्कारदेखि मोवाइल बैङ्किङ सम्मका १९ प्रकारका सुविधा प्रदान गर्दै आएको छ ।

सुत्केरी खर्चवापत सदस्य महिलाले दुई हजारदेखि १५ हजार रुपैयाँसम्म पाउँदै आएका छन् । पुरुष सदस्यले पनि मातृ शिशु सहायतावापत सात हजार ५ सय पाउँछन् । संस्थाका कोही पनि सदस्य विरामी परेर रगत अभाव भएमा निशुल्क रगत पाउने छन् ।IMG_20231016_115822संस्थाबाट सुत्केरी खर्च र पोषण सहायता वापत ३५ हजार रुपैयाँ सहयोग पाएको शेयर सदस्य समिक्षा चौलागाईले बताइन् ।

राष्ट्रिय सहकारी बैँक धुलाबारीकी शाखा प्रमुख मुना घिमिरेको प्रमुख आतिथ्यमा संस्थाको इकाइगत साधारणसभा आयोजना गरेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि घिमिरेले शिक्षा सहकारी झापामा उदाहरणीय संस्थाका रुपमा स्थापित हुँदै गएको बताइन् । उद्देश्य अनुरुप आफ्नै व्यवस्थापनमा विद्यालय सञ्चालन गरेर शिक्षा बहुउद्देश्यीयले नमुना काम थालेको घिमिरेको धारणा छ ।IMG_20231016_121650साधारण सभाको अवसरमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारी सेवा केन्द्रका उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई पुरस्कृत पनि गरेको छ । पुरस्कृत हुनेमा राम रिजाल, नीतिका रिजाल, कमल सहनी र सन्तोष विश्वकर्मा छन् ।

उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई प्रमुख अतिथि घिमिरे, अध्यक्ष न्यौपाने, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रममा लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको साधारण सभामा सेवा केन्द्र प्रमुख विपना तिम्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् । सेवा केन्द्र धुलावारीमा ५८५ जना सदस्य छन् ।