विरगञ्ज । विरगञ्ज महानगरपालिका - १४ बहुअरी श्रीमानको छुरा प्रहारबाट महिमा खातनुको मृत्यु भएको छ ।
इजहारुल हक अंसारीले उनको श्रीमति खातुनलाई छुरा प्रहार गरेका थिए । शनिबार राति श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएकी महिमाको बुधबार मृत्यु भएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते महिमाको वीरगञ्ज हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठले बताए ।
मृतकको शव पोष्टमार्टमको लागि विरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेकोले थप विवरणपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने डिएसपी श्रेष्ठले बताए ।
छुरा प्रहार गर्ने इजहारुल र उनको जेठी श्रीमती नुर जहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक महिमा इजहारुलका कान्छी श्रीमती हुन् ।
जेठी श्रीमतीसंग बालबच्चा नभएपछि इजहारुलले जिल्ला बारा कलैया उपमहानगरपालिकाको घुसुकपुरुवा निवासी मृतक महिमासंग विवाह गरेका थिए । महिमाको एउटा छोरी र एक छोरा रहेका छन् ।
















































