IMG_20231028_081820मेचीनगर । राष्ट्रिय कलाकारको आगमनले झापाको धुलाबारीमा सञ्चालित `धुलाबारी महोत्सव २०८०´ उल्लासमय बन्दै गएको छ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड साङ्केतिक प्रस्तुति र सयौँ दर्शकको उल्लेख्य सहभागिताका कारण महोत्सव उल्लासमय बनेको हो ।

IMG_20231028_104054आज शनिबार राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रमोद खरेलको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।

मेचीनगर-१० स्थित धुलाबारीको कोलेनीमा जारी ‘कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’ को शनिबार आज १५ औं दिन हो ।

विहीबार राष्ट्रिय कलाकार एलिना चौहानले राम्रा–राम्रा गीतहरु प्रस्तुती गरेर सयौं दर्शक मोहित पारेकी थिइन्  । गायिका एलिना चौहानले मेचीनगरमा जारी आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् ।

पछिल्लो समय युवा पुस्ताहरुबीच चर्चित बनेकी गायिका एलिनाको प्रस्तुती हेर्नलाई रातको चिसो मौसमको पनि प्रवाह नगरी आएका दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिन् ।

एलिनाले धोकेबाज हौँ तिमी लगायतका आधा दर्जन गीतहरु गाएकी थिइन् । 

आज महोत्सवको १५ औं दिन गायक महेश काफ्लेको प्रस्तुती रहने मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए ।

गत असोज २६ गतेदेखि सुरु धुलाबारी महोत्सव कात्तिक १६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । २१ दिनसम्म सञ्चालन हुने धुलाबारी महोत्सवको दोस्रो पटक आयोजना मेची चेम्बर अफ कमर्सले गरेको हो ।

महोत्सवमा १० वर्षमुनिका विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए । महोत्सवअन्तर्गत साँझमा हुने कलाकारको प्रस्तुति हेर्न टिकट ब्यवस्था गरिएको छ ।