बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा चन्द्रगढीका मुकुन्द ढुङ्गाना निवार्चित भएका छन् । समाजको झापाको बिर्तामोडमा आयोजित चौथो अन्तर्राष्ट्रिय महाधिवेशनबाट ढुंगाना अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिवेशनबाट बाह्रदशीका महेन्द्र चौलागाईं वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा चन्द्रगढीका भूपाल सिटौला निर्वाचित भएका छन् । उपाध्यक्षमा चूडामणि कार्की, महिला उपाध्यक्षमा शर्मिला बस्नेत निर्वाचित भएकी हुन् । त्यस्तै, समाजको महासचिवमा नविन पोखरेल पुनः सर्वसम्मत भएका छन् । सचिवमा रविन गिरी चयन भएका छन् ।
त्यस्तै, ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका उमेश पोखरेल, सहसंयोजकमा निराजन प्रसाईं, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरेबियाका राजेन्द्र थापा, सहसंयोजकमा कतारका भवानी कोइराला चयन भएका छन् ।
एसिया पेसिफिक क्षेत्रीय संयोजकमा जापानका मेघराज नेपाल, युएसएका संयोजक प्रसन्न संग्रौला चयन भएका छन् । समाजको सदस्यमा साउदीबाट देवीबहादुर कार्की र कतारबाट उत्तम गुरुङ चयन भएका भएका छन् ।
कोषाध्यक्ष, एक सचिव, प्रवक्ता र सदस्यहरु कार्यसमितिको बैठकले चयन गर्ने महासचिव पोखरेलले पत्रकार भेटघाटमा जानकारी दिए । उनका अनुसार २१ सदस्य कार्यसमिति रहने उल्लेख गरे ।
समाजका अध्यक्ष दिपकप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा स्वागत उपाध्यक्ष दिपक चुडालले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए ।
समाजको बिर्तामोडमा कात्तिक ११ गते सम्पन्न चौथो महाधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको हो । आज १२ गते बिर्तामोडमा भएको महाधिवेशनको खुलासत्रमा नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।























































