मेचीनगर । झापाको धुलाबारीमा संचालित `धुलाबारी महोत्सव २०८०´ मा सोमबार `लाहुरे´को प्रस्तुति रहेको छ । युवाको मन जित्न सफल चर्चित आधुनिक तथा पप गायक `लाहुरे´को बेजोड प्रस्तुति रहने आयोजकको भनाई छ ।
राष्ट्रिय कलाकार शिव परियारले आइतबार साँझ देखाएको सांगीतिक प्रस्तुतिमा दर्शकले भरपुर मनोरंजन लिएका छन् । झापाको धुलाबारीमा सञ्चालित `धुलाबारी महोत्सव २०८०´ मा दर्शकलाई निकैबेर मनोरंजन दिएर बिदा भए । २ वटा नयाँ र ३ वटा चर्चित गीत प्रस्तुत गरेका राष्ट्रिय कलाकार परियारले केहिबेर माहोल नै तताएका थिए । मन छुने गीतले दर्शक पनि नचाए ।
वडादसैं सकिएसँगै फुर्सदमा मनोरंजन लिन दर्शकका लागि धुलाबारी मोड रमणीयस्थल नै बनेको छ । पाहुँनालाई बिदा गर्नुपुर्व `धुलाबारी महोत्सव- २०८०´मा खेलतमासा खेलाउने र कलाकारको प्रस्तुतिमा मनोरंजन लिन एकपटक पुग्ने गरेका छन् । मेचीनगरको चारआली-काँकरभिट्टाको मध्य बजार मानिएको धुलाबारी मोडमा आयोजना गरिएका कारण पनि दर्शकको माहोल दिनानुदिन बढेको पाइएको आयोजकको भनाई छ ।
प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड साङ्गीतिक प्रस्तुति हेर्न आगन्तुकहरुको भीड दिनानुदिन बढेको छ । आगमनले र सयौँ दर्शकको उल्लेख्य सहभागिताका कारण महोत्सव उल्लासमय बनेको हो । शनिबार राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रमोद खरेलको बेजोड प्रस्तुति कै कारण खरेलले `वान्समोर´पाए ।
धुलाबारीको पुरानो कोलेनीमा जारी महोत्सवमा शनिबार १५ सयबढी दर्शकको सहभागीता रहेको थियो । त्यसअघि विहीबार राष्ट्रिय कलाकार एलिना चौहानले राम्रा-राम्रा गीतहरु प्रस्तुती गरेर सयौं दर्शक मोहित पारेकी थिइन् । गायिका एलिना चौहानले मेचीनगरमा जारी आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् ।
गायक महेश काफ्लेले पनि प्रस्तुती गरिसकेका छन् । गत असोज २६ गतेदेखि सुरु धुलाबारी महोत्सव कात्तिक १६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । २१ दिनसम्म सञ्चालन हुने धुलाबारी महोत्सवको दोस्रो पटक आयोजना मेची चेम्बर अफ कमर्सले गरेको हो । महोत्सवमा १० वर्षमुनिका विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको छ ।
`कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव´नारा बनाएपनी सामान्य चियाखाजाका स्टलबाहेक अन्य स्टल नै छैन । कृषिका कुनै स्टल नै छैन । ब्यापारी प्रयोजनका कुनै ब्यवसायका स्टल नै छैन । त्यसैले उद्घोषकले उद्घोष गरिरहँदा सहभागीले खिस्सीट्युरी गर्ने गरेका छन् ।























































