ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका- १ स्थित आमचौकमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजे घरबाट हिँडेका स्थानीय ४१ वर्षीय दुर्गाप्रसाद बिक बेलुका सम्म घर फर्केर नआएपछि आफन्त तथा प्रहरी चौकी मेवाखाको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा मंगलवार बिहान साढे ७ बजे भिरबाट अन्दाजी १०० मिटर तल मृत अवस्थामा फेला परेको थियो ।
घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।























































