काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब शीर्ष नेताहरुले राजनीतिबाटै विश्राम लिए पनि अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वान सिंहदरबारमा गणतन्त्रवादी दलका नेताहरुको बैठक बसेकोबारे टिप्पणी गर्दै महामन्त्री थापाले शीर्ष नेताहरुले देशका लागि यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने सबै योगदान दिइसकेको बताएका छन् ।





















































