बिर्तामोड । झापाका पुराना व्यवसायिक प्रतिष्ठान रामप्रसाद पवनकुमारका संचालक राजकुमार अग्रवाल भद्रपुरेको निधन भएको छ । ७२ वर्षको उमेरमा कार्तिक १९ गते आइतबार बि एण्ड सी हस्पिटलमा उपचारको क्रममा निधन भएको छ।

झापा उद्योग बाणिज्य संघ, झापाको अध्यक्ष, भद्रपुर गौशालामा सचिव लगायत अन्य सामाजिक, शैक्षिक संघ संस्थाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरी सकेका अग्रवाललाई रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको थियो।

अग्रवालका ४ छोराहरु, मनोज नेपाल रेडक्रस सोसाइटी, बिर्तामोड उपशाखाको सभापति र रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको जिम्मेवारीमा  रहेका छन् ।

माईला छोरा संजय, मारवाडी सेवा समिति बिर्तामोडको कार्यसमिति सदस्यमा, साँईलो अजय लायन्स क्लब अफ दमकको पूर्वअध्यक्ष र कान्छो छोरा विनय व्यवसायिक फर्म विनायक ईन्टरप्राईजेजका संचालक हुन् ।