झापा । युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल बिष्णुप्रसाद रिमाललाई पितृशोक परेको छ । बिगत केही वर्ष मुटुमा समस्या देखापरेपछि अस्वस्थ्य हुनुभएका रिमालका बुवा नारायण रिमालको गत कार्तिक १४ गते ६६ वर्षको उमेरमा निधन भएको हो ।
झापा मेचीगर-१२ शहरेडाँगी निवासी स्वर्गीय रिमाल पुर्व शिक्षक एबम् युनिक स्कुलका संस्थापक अध्यक्ष पनि हुन् । बि.स.२०१४ माघ २ गते साम्लाखु ताप्लेजुङमा जन्मिनुभएका स्वर्गीय रिमालका एक छोरा बिष्णु संचारकर्मी एबम् चारआली जेसिसका संस्थापक अध्यक्ष हुन् । साथै श्रीमति, दुई छोरीहरु निर्मला निरौला र देबिका घिमिरे तथा ५ नाति र ४ नातिनी रहेका छन् ।
दुई दशकदेखि निजी विद्यालय संचालन गर्दै आएका बिष्णुप्रसाद रिमाल सामाजिक क्षेत्र एबम् राजनीतिमा नेपाली काङ्ग्रेसका पुर्वक्षेत्रीय सभापति पनि हुन् ।





















































