झापा । झापाको कनकाईमा एक महिला चोरीको सामानसहित पक्राउ परेकी छिन् ।  कनकाई नगरपालिका-१ जामुनबारीमा स्थानीय सुलोचना ओलीको घरबाट लक्ष्मी पूजा पुजेको गाग्रो र कनकाई नगरपालिका-७ कालीमोडाका गङ्गाप्रसाद पाठकको मोबाइल चोरी भएको थियो । 

सामान चोरी भएको थाहा पाउन साथ पाठकले चोरलाई पछ्याएर सामान्य धुलाई दिई आफ्नो मोबाइल हात पारेका छन् । स्थानीय सुलोचना ओलीका अनुसार चोरी गर्ने महिला अन्दाजी ४० वर्षको रहेको र उक्त महिलाहरूको चोरी ग्याङ समेत हुन सक्ने बताइएको छ।

चोरीमा संलग्न महिलालाई चोरी गरिएको गाग्रो सहित इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।