FB_IMG_1700393502247 1झापा । झापाको मेची नदीसहित विभिन्न नदी तथा खोला किनारमा अस्ताउदो सूर्यलाई पुजा गर्दै छठ पर्व हर्शोउल्लासका  मनाएका छन्  ।नेपाल-भारतको सीमामा पर्ने मेची नदीलगायतका नदी, खोला, पोखरी र जलाशयमा मङ्सिर ३ गते आइतबार बेलुका अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइने गरिन्छ ।
तराईवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन मेची, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ, बिरीङ, मावा, कमल लगायतका नदी किनारहरू नयाँ बेहुलीझैँ सिँगारिँएको छ । 

झापाको धुलाबारीस्थित छठ पूजा समितिले निन्दा खोलामा छठ पूजाआरधना सुरु गरेका छन् । धुलाबारी छठ पूजा समितिका अध्यक्ष जयकुमार श्रापले निन्दा खोलामा यसवर्षको छठ पूजाका लागि तीनसय बढी पुजा स्थानबाट पुजा सुरु गरेको हो ।

मधेशी समुदाय मात्र मनाउदै आएको यो पर्वमा यसपटक पहाडी समुदायको पनि पूजामा सहभागिता रहने साहले बताए । उनका अनुसार करिव २० वटा घाटमा पहाडी समुदायले पूजा गर्ने बताए ।पुजाका लागि सुरक्षाका व्यवस्था समेत कडा पारिएको आयोजकले जनाएको छ । समितिका पूर्व अध्यक्ष एवम् रामघाट समितिका समेत अध्यक्ष रहेका गोपाल गुप्ताले छठ पूजामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलाबारी र नगर प्रहरीलाई समेत खटाउने गरि मेयर र सुरक्षा प्रमुखहरुलाई जानकारी गराइएको बताए । बाणिज्य संघ र हेल्थपोष्ट कार्यालयलाई समेत एम्बुलेन्स तयारी अवस्थामा राख्न जानकारी गराइएको उनको भनाई छ ।FB_IMG_1700393513602यहि मंसिर १ गतेदेखि सुरु उक्त छठ पूजा ४ गते समापन हुनेछ । १ गते नहाय खाय, २ गते खरना, ३ गते संन्ध्या अर्ग र मंसिर ४ गते पारन पूजा गरेर समापन गरिने समितिका सचिव जितेन्द्रकुमार गुप्ताले बताए । पूजा सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने अनुमान गरिएको समितिका सहसचिव अरुणकुमार साहले जानकारी दिए । 

जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका नागरिक अहिले घाट (पूजा स्थल) व्यवस्थापनको तयारीमा जुटेका छन् ।  
भद्रपुर-५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा सयौँ घाट निर्माण धमाधम गरिँदैछ । 
पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम भइरहेको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । 
नदी पूर्वपट्टिको भागमा भारतीय व्रतालु र पश्चिम पट्टीको भागमा नेपालका व्रतालुले नदीलाई सङ्गमस्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आइरहेकोले यहाँ मनाइने छठको पहिचान छुट्टै रहेको अध्यक्ष झाले बताए । 
नदीमा किनार वरिपरी बिजुलीबत्ति जडान, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मूर्ति स्थल निर्माणको काम पूरा गर्न करिब ६ लाख रुपैयाँ खर्च लाग्ने छ । FB_IMG_1700393608235
उता देवीबस्ती क्षेत्रमा युनिक समूहले भने घाट व्यवस्थापन कार्यलाई तिहार अघिदेखि नै तीव्रता दिएको छ । गरिब तथा विपन्न परिवारका लागि आवश्यकता अनुसार घाट निःशुल्क उपलब्ध गराइने उनको भनाई छ ।
जसले गर्दा सडकमा हुने भीडभाड कमसँगै व्रतालु परिवारजनलाई पनि सहज  हुन्छ, उनले भने । बिजुली बत्ती, पण्डाल, सूर्य मन्दिर रंगरोघन, भजन सन्ध्या, पूजा खर्च गरी अनुमानित ४ लाख खर्च हुने उनले बताए ।  
समूहले अघिल्लो वर्ष नै नदी किनारमा स्थायी रूपमै सूर्य मन्दिर निर्माण स्थापना गरेको छ । यहाँ मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन् ।मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने अनुमान रहेको आयोजक समितिले जनाएको छ । 
सो भेलाबाट पूजाको सामग्री बोक्ने तीन पाङग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने निर्णय भएको छ । दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ । 

छठ पर्वको दिन एक ६ जना ट्राफिक प्रहरी, एक सय २० बढी नेपाल प्रहरी र एक सय सशस्त्र प्रहरी परिचालन हुने सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी श्यामसंगती महर्जनले जानकारी दिए । नदीमा सुरक्षा व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरिने उनले बताए । पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिएको उनको भनाई छ ।