काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौँ बन्द गराउने चेतावनी दिएका छन् ।
बल्खुको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भोलिदेखि काठमाडौँ बन्द हुने चेतावनी दिएका हुन् ।
प्रहरीसँग भएको झडपमा आठ/नौ जना आन्दोलनकारी घाइते भएको बताउँदै उनले आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको बताए ।
उनले भने ‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्’ उनले भने ‘अब भोलिदेखि काठमाडौँ बन्द हुन्छ । आज नै केही मात्रमा मात्र खुलेको हो ।’
उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौँ बन्द गर्ने दाबी गरे ।
प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।























































