मेचीनगर । प्रेस क्लव मेचीनगरले सञ्चारकर्मीको हितमा स्थापना गर्ने भनिएको अक्षयकोषका लागि रकम जुट्न थालेको छ । मेचीनगरभित्रका  सञ्चारकर्मी आफैले कोषका लागि भन्दै सहयोग गरेपछि रकम जुट्न थालेको हो । 

शुक्रबार प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले आफ्नो जन्मोत्सवमा अक्षयकोष स्थापनाका लागि ५ हजार रकम प्रदान गर्ने घोषणा गरेका छ्न् । यसअघि पत्रकार एबम् प्रेस क्लब मेचीनगरका पुर्वअध्यक्ष मुक्ति पौडेलले १० हजार रकम प्रदान गर्ने घोषणा गरिसकेका छन् ।  

त्यसैगरी नारी संचार गृह झापाकी पुर्वअध्यक्ष पत्रकार अम्बिका भण्डारीले आफ्नो जन्मोत्सवको अवसरमा ५ हजार रकम प्रदान गरिसकेको अध्यक्ष बरालले बताए । हालसम्म संचारकर्मीबाटै २० हजार रकम घोषणा भइसकेको छ ।

मेचीनगरमा रहेका  क्रियाशिल पत्रकारको श्रीवृद्धिका लागि ५ लाखको अक्षयकोष स्थापना गर्ने योजनाअनुरुप सहयोग संकलन गरिएको हो । 

जन्मदिन तथा उत्सव मनाउँदा भड्किलो र खर्चिलो रुपमा मनाउने रकमलाई अक्षयकोष स्थापनार्थ प्रदान गरेकोप्रती क्लबले उच्च सम्मानसमेत व्यक्त गरेको छ ।