झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । झापाको बिर्तामोड पञ्चकन्यास्थित एक निजी क्याम्पसभित्र निर्माण गरेको शाहको शालिक अनावरण गरेका हुन् ।
कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा आएका थिए । यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शनअन्तरगत मेचीनगरबाट मोटरसाइकल र्यालीसमेत निकालिएको थिए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोही कार्यक्रमको तयारी गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा हजारौँ समर्थकको सहभागिता रहको थियो ।























































