इलाम । इलाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । रिङ्गालको टोकाइबाट देउमाई नगरपालिका-९ मादेबुङका ४५ वर्षीय खम्बसिंह पिठाकोटे मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मगरलाई घरनजिकै चिलाउनेको रूखमा रहेको अरिङ्गालले बिहीबार शरीरभरि टोकेर घाइते बनाएको थियो । घाइते मगरलाई उपचारको लागि राति नै बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।