इलाम । इलामको फाकफोकथुम गाउँपालिका- ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टी  लिम्बूको शव भेटिएको बताइएको छ। भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायब उपरीक्षक प्रकाश जबेंगुले बताए।

लिम्बूको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाको अनुसन्धान सुरु गरिएको जबेगूले बताए।