बिर्तामोड । मानवअधिकार संजाल झापाले मंगलबार कोशी प्रदेशका  मुख्यमन्त्री केदार कार्कीको सवारी साधनमा गरीएको ढुङ्गा प्रहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्यमन्त्री सवार सवारी तोडफोडसहित आदिवासी तथा जनजाती महासंघका अध्यक्ष पाण्डपलाल चौधरीलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको सञ्जालले जनाएको छ । बुधवार प्रेस बिज्ञप्ति जारी गर्दै उक्त घटनाले नागरिकको शान्तिपूर्ण ढङ्गले बाच्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ ।

‘आदिवासी तथा जनजाती महासंघका अध्यक्ष चौधरी आफनो निवासमा बसिरहेको अवस्थामा पूर्वसूचना वा प्रहरीले उनलाई प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी नदिई राती करीब ९ बजे आवश्यकता भन्दा बढी प्रहरी बलसहित उनको आवसमा पुगेर मूल ढोकासहित अन्य ढोकासमेत तोडफोड गरिएको घटनाले नागरिकको शान्तिपूर्ण ढङ्गले बाच्न पाउने अधिकार कुण्ठित भएको छ ।’ बिज्ञप्तिमा भनिएको छ । 

प्रहरीले बल प्रयोग गर्दा कानुन सम्बाद ढङ्गले प्रयोग गर्न र नागरिकको कुनैपनि अधिकारमा असर पुग्ने कार्य नगर्न सम्बन्धित निकायको ध्यान आकर्षण बिज्ञप्तीमा मार्फत सञ्जाल झापाका अध्यक्ष डा. रुपकप्रसाद खनालद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।  

बिज्ञप्तिमा भनिएको छ ‘नागरिकले प्राप्त गरेका विरोध प्रदर्शन वा फरक विचार राख्न पाउने स्वतन्त्रताको उपभोग गर्दा हिंसारहित शान्तिपूर्ण ढङ्गले आफना विचारहरु प्रस्तुत गर्न समेत आग्रह गर्दछौं ।’