मेचीनगर । झापाको मेचीनगर-७ मा संचालित आराध्य बचत तथा ऋण सहकारी संस्थाले आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार डम्बर बराललाई पुरस्कृत गरेको छ ।
पत्रकारिता माध्यमबाट सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई पुरस्कृत गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणी ओलीले नगद ५ हजार, सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान एबम् पुरस्कृत गरेका थिए ।
२०५९ सालदेखि कृयाशील सम्मानित पत्रकार बराल प्रेस क्लब मेचीनगरका अध्यक्ष हुन् । किराँत याक्थुङ्ग चुम्लुङ्गको सभाहलमा सम्पन्न साधारण सभामा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेको थियो । उत्कृष्ट बचत कर्तातर्फ कमलाकुमारी राजवंशी र उत्कृष्ट ऋणीतर्फ गीता राजवंशी रहेका छन् । सम्मानित सबैलाई प्रमुख अतिथि मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणी ओलीले सम्मान गरेका थिए ।
गीता राजबंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक समिति मेचीनगर–७ का अध्यक्ष पीताम्बर शर्मा, सम्मानित पत्रकार प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अध्यक्षको प्रतिवेदन सहकारी संस्थाका उपाध्यक्ष युवराज आचार्यले प्रस्तुत गरेको कार्यक्रममा सहकारी संस्थाका सचिव कमल ढुंगेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा संयोजक नारायण दंगालले गरेका थिए ।
सहकारीले निःशुल्क आँखा परीक्षण शिविर, स्वास्थ्य शिविर लगायत सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको सहकारी संस्थाका व्यवस्थापक दुलव मेचेले जानकारी दिए ।























































