बिर्तामोड । प्राण घातक रोग क्यान्सरको उपचारमा सहयोग गरिदिन झापा बिर्तामोड-५ की कुसुम आले मगरले आग्रह गरेकी छन् । सामान्य चिया पसल सञ्चालन गर्दै आएकी बिपन्न एकल महिला मगरले उपचारमा आर्थिक सहयोग गरिदिन शनिबार आग्रह गरेकी हुन् । 

भदौ महिनादेखि स्वास्थ्यमा समस्या देखिएको थियो । अत्यधिक रक्तस्रावको समस्यापछि स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पत्ता लागेको उनको भनाई छ । उपचारका लागि झण्डै ५ लाखबढी रुपैयाँ लाग्ने अस्पतालको भनाईपछि सबैसँग आर्थिक सहयोगका लागि अपिल गरेकी हुँ मगरले भनिन् ‘नवील बैंकमा रहेको मेरो खाता नम्वर १८९१००१७५००३१५ मा सहयोग गरिदिन म सबैलाई आग्रह गर्छु ।’

श्रीमानको केही वर्ष अघि निधन भइसकेको मगरका एक छोरा र एक छोरी रहेका छन् । क्यान्सर पीडित  मगरलाई सकेको सहयोग गरिदिन  बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले सबैलाई आग्रह गरेका छन् ।

मगरलाई ब्यवसायीको सहयोग IMG_20231216_164142झापाको बिर्तामोड-५ की क्यान्सर पीडित एकल विपन्न महिला कुसुम आले मगरलाई बिर्तामोडका ब्यवसायिले सहयोग रकम प्रदान गरेका छन् । पाठेघरमा पहिलो चरणको क्यान्सर देखिएपछि  स्थानीय व्यापारीले संकलन गरेको १ लाख २३ हजार  ३ सय ४५ रुपैयाँ रकम शनिबार सहयोग स्वारुप प्रदान गरेका हुन् ।

उपचारका लागि खर्च अभावमा रहेकी ४६ वर्षीया मगरलाई बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्योपाने, सितल मिनी मार्केटका कुमार निरौला सहितको नेतृत्व टोलीले रकम सङ्कलन गरी हस्तान्तरण गरेका हुन् । मगरलाई व्यवसायीहरुबाट संकलित ७६ हजार ३ सय ४५ रुपैयाँ र बीएण्डसी अस्पतालमा रहेको फार्मेसी मार्फत ४७ हजार रुपैयाँ सहयोग गरिएको हो ।